चिनियाँ एआई डीपसिकको झट्का

bimbonline नारायण घिमिरे
२०८१ फागुन ५ १७:१० बजे

डीपसिकले अमेरिकी स्टकको बजार मूल्य आज एक दिनमा २ ट्रिलियन डलर घटाई दिएको छ। एनभिडियाले मात्र ५०० बिलियन डलरभन्दा बढीको बजार मूल्य आज यो समयसम्ममा गुमाइसकेको छ। यो किन भयो त्यो बुझ्न जरुरी छ। डीपसिक मात्र ६ मिलियन डलरको चिनियाँ एआई स्टार्टअप कम्पनी हो। यति कम लगानीमा यो हदको प्रभावकारिता प्राप्त गर्न सिलिकन भ्यालीले असम्भव हुने भनेर गरिरहेको दाबी डीपसिकले पूरा गरेर सफल बनाएर देखाउन सकेको कारण हो।

यसलाई अझ गहिरो संग बुझ्न यो कुरा बुझौस-चीनको एआई स्टार्टअप कम्पनि डीपसिकले बनाएको मानिसले जस्तै बजारमा उपलब्ध सूचना पढेर सोधेको प्रश्नको सन्दर्भ समेत बुझेर तर्क संगत उत्तर दिने शक्ति भएको लार्ज ल्याङ्ग्वेज मोडेल  युक्त ओपन सोर्स एआई बनायो, जुन च्याट जीपीटी जस्तै हो। तर उसको ओपन एआई हाल भएको सबै उत्कृष्ट मोडेलहरूसँग प्रतिस्पर्धा गर्न सक्षम किन भयो भने यसको लागत अरुको तुलनामा अन्दाजी १ र १००० भाग मात्र छ। हजार गुणाले सस्तोमा त्यति सक्षम ओपन एआई बनाएर सार्वजनिक रूपमा सबैलाई निःशुल्क उपलब्ध गरिदिएको छ।

एक तुलना हेरौस-ओपनएआईको जीपीटि-४ बनाउँदा ६०० मिलियन डलरभन्दा बढी एआई लाई प्रशिक्षण गर्ने लागत लागेको छ।डीपसिकमा भने मात्र ६ मिलियन डलर कुल लागतमा सो काम सम्पन्न भएको छ।त्यति मात्र कहाँ हो र, पसिक आर-१ ओपन सोर्स सबैलाई निःशुल्क उपलब्ध छ। जीपीटि-४ भर्खर ओपन सोर्स बनाइएको हो।

डीपसिक निर्माण गर्न निकै सस्तो भए पनि यसलाई चलाउन समेत अत्यन्त सस्तो छ।ओपनएआई चलाउन १००ं डलर प्रति मिलियन टोकन जरुरी हुन्छ।डीपसिक चलाउन लाग्ने खर्च मात्र ४ डलरभन्दा कम प्रति मिलियन टोकन रहेको छ।यो तुलना नै गर्न नसकिने अवस्थाको छ।

यो भनेको के हो भने यदि तपाईंले ओपनएआईको मोडेल प्रयोग गरेर १० लाख टोकन (यानी शब्दहरू वा इनपुट डाटा) प्रोसेस गर्नु भयो भने त्यसको सिस्टम लाइ कुल लागत १०० डलरभन्दा बढी हुन्छ। तर डीपसिकको मोडेल चलाउन उही १० लाख टोकन प्रोसेस लागत ४ डलरभन्दा कम मात्र पर्छ। यो अन्तरले डीपसिकलाई निकै प्रतिस्पर्धी बनाएको छ।

यसको कारण अन्य ओपनएआई प्रयोग गर्ने सिलिकन भ्यालीको एआई कम्पनीको समेत प्रभावकारिता घट्ने हुँदा बजार मूल्य तिनीहरूको समेत बजार मूल्य घटने स्थिति आएको हो।प्रविधिको क्षेत्रमा कुनै पनि प्रविधिले कति ग्राफिक्स प्रोसेसिंग युनिट  बिजुली खपत गरेर उपभोक्ताको आवश्यकता पूरा गर्न सक्दछ भन्ने कुराले त्यो प्रविधिको बजार मूल्य निर्धारण गरिदिन्छ। लगानी गर्ने लगानीकर्ताहरू भलै सुरुमा लगानी अधिक होस् तर त्यसको संचालन खर्च कम भएको प्रविधि अधिक रोज्ने गर्दछन्।

चीनको डीपसिक आर-१ ओपनएआईको मोडेलहरूभन्दा २७ गुणा सस्तो, ओपन सोर्सको लाइसेन्स निःशुल्क उपलब्ध आदि कारणले एआई (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा यसले एआई क्षेत्रमा एउटा ठूलो र महत्त्वपूर्ण परिवर्तनकारी क्रान्ति रातारात भित्र्याई दिएको छ।

यद्यपि NVIDIA र DeepSeek फरक प्रकृतिको व्यवसायमा काम गरिरहेको भएता पनि आज NVIDIA को स्टक DeepSeek का कारण गम्भीर रूपमा प्रभावित हुन पुगेको छ। यसको मुख्य कारण बजारको मनोवैज्ञानिक धारणा हो।DeepSeek  ले कम लागतमा चल्ने र कम शक्तिशाली हार्डवेयरमा प्रभावकारी रूपमा काम गर्ने AI मोडल विकास गरेको दाबी गरेपछि लगानीकर्ताहरूमा उच्च क्षमताको र महँगो ग्राफिक्स प्रोसेसिंग युनिट(GPU)  निर्माण गर्ने NVIDIA को उत्पादनको मूल्य घट्ने शंका उत्पन्न भएको हो।

NVIDIA को अवको भविष्य यसले बदलिंदोAI  परिदृश्यमा कति छिटो आफुलाई अनुकूलन गर्दै लैजान सक्छ भन्नेमा निर्भर गर्दछ। यदि यसले (विशेष AI चिप्स जस्तै,H100 Tensor Core GPUs)   मा नवीनता जारी राख्छ र उच्च-मूल्यका उपयोगहरूमा आफ्नो सामानको उपयोग हुने प्रभुत्व कायम गर्दै कि DeepSeek  जस्ता बजारमा ब्रेकथ्रो गरेका मोडेलहरूलाई पनि बजारमा टिक्न अन्ततः NVIDIA  ले विकास गरेको GPU को पूर्वाधारमा निर्भर रहन जरुरी भएको यथार्थ लगानीकर्ताहरुमा बुझाउन सक्यो भने यसले दीर्घकालमा आफ्नो स्टक वृद्धिमा नियमितता हासिल गर्न सक्ने छ।

त्यसो हुन सकेन अनिAMD, Intel  जस्ता कम्पनीहरू र चीनबाट आएका Huaweiर अन्य AI हार्डवेयर स्टार्टअपहरू जस्ता नयाँ खेलाडीहरू जोNVIDIA  का  GPUsको विकल्प विकास गर्न सक्रिय छन्, तिनीहरू आफ्नो उदेश्यमा सफल बने NVIDIA  को बजार हिस्सामा क्षति पुग्ने छ। यसको स्टक मूल्यमा पनि प्रभाव दिने छ।





२०८१ फागुन ५ १७:१० बजे

प्रतिक्रिया