डडेल्धुरा । सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखले डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालको अवलोकन भ्रमण गरेका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बिहीबार आलिताल गाउँपालिका–३ मा रहेको आलितालको अवलोकन भ्रमण गरेका हुन् । प्रदेश प्रमुखद्वयलाई गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष, मैनाकुमारी रावल बोहरा, ३ नम्बर वडाका अध्यक्ष बलबहादुर बुढा मगर लगायतले स्वागत गरी तालको बारेमा जानकारी गराएका थिए ।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले आफू पहिलोपटक आलिताल पुगेको बताउँदै सुदूरपश्चिम वास्तवमै सुन्दर रहेको बताए । गण्डकी प्रदेश प्रमुख भट्टले पारिवारिक भेटघाटको अवसरसँगै आलितालका जनप्रतिनिधिहरूसँग भेटघाट गर्न पाएकोमा खुशी व्यक्त गरे। प्रदेश प्रमुखद्वयलाई आलिताल-४ स्थित घरेलु क्षेत्रमा वडाध्यक्ष कमल बोहरालगायतका जनप्रतिनिधि, स्थानीय तथा विद्यार्थीहरूले न्यानो स्वागत गरेका थिए। कार्यक्रममा दुबै प्रदेश प्रमुखज्यूहरूले वडा तथा पालिकाका माग र समस्या बारेमा मनन गर्दै समाधान गर्न पहल गर्ने बताए।
प्रतिक्रिया