८ किलो भन्दावढि चरेस सहित २ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २९ १९:३८ बजे

कञ्चनपुर। कञ्चनपुरबाट प्रहरीले ८ किलो ९२६ ग्राम  चरेस सहित २ जनालाई पक्राउ गरेको छ । मङ्गलबार भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट बझाङको पाथिभारा गाउँपालिका-२ बस्ने महेन्द्रबहादुर रोकाया र अमरबहादुर रोकाया चरेससहित पक्राउ परेका हुन् ।  

पक्राउ परेका महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम  र अमरको साथबाट ४ किलो ५८७ ग्राम गरी ८ किलो ९२६ ग्राम लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 


२०८१ माघ २९ १९:३८ बजे

प्रतिक्रिया