गाजालाई दुई भागमा छुट्याउने करिडोरबाट इजरायली सेना फिर्ता हुन थाले

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २७ २०:०९ बजे

इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली सेना उत्तरी गाजालाई दक्षिणबाट छुट्याउने नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका बीबीसीले जनाएको छ ।

युद्धविराम सम्झौता अन्तर्गत इजरायली सेना गाजाको आबादी क्षेत्रबाट फिर्ता हुन थालेसँगै प्यालेस्टिनीहरू ओढ्नेरओच्छ्याउने र अन्य सामानले भरिएका गाडीसहित उत्तरी गाजातर्फ फर्किन थालेका छन् । नेत्जारिम करिडोर हुँदै उत्तरी गाजातर्फ जाने प्यालेस्टिनीहरूलाई इजरायली सेनाले विना जाँच जान दिने खबरमा उल्लेख छ ।

गएको जनवरी १९ मा युद्धविराम सम्झौता भएयता अहिलेसम्म २१ जना इजरायली बन्धक र ५ सय ६६ जना प्यालेस्टिनी बन्दी रिहा भएका छन् । तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्म ३३ जना बन्धक र १ हजार ९ सय जना कैदीबन्दी रिहा हुने अपेक्षा छ । इजरायलले ३३ बन्धकमध्ये ८ जनाको ज्यान गएको बताएको छ ।


२०८१ माघ २७ २०:०९ बजे

प्रतिक्रिया