काठमाण्डौ। सर्वोच्च अदालतले नेपालको राणाकालमा भारत वेलायत र नेपालका विचमा भएको गोर्खा भर्ती गर्ने असमान अपमानजनक सम्झौताको पुनरावलोक गरि नेपालीहरुको हक अधिकारको सुनिश्चितता गर्ने भनि नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश २ वर्ष पहिले गरेको थियो।
अदालतको आदेश २ वर्षको लामो समय सम्म पनि कार्यान्वयन नेपाल सरकारले नगरेको हुदा सो आदेशको कार्यान्वयन गर्न दवाव दिनका लागी वीगेसोले यहि माघ १२ गते देखि काठमाण्डौको माइतिघर मण्डलामा विभिन्न सँघर्षका कार्यक्रमहरुको घोषण गरेको थियो। हिजो १२औ दिनमा माइतिघर मण्डला वाट व्यानर प्ले कार्ड सहितको न्याली माइतिघर मण्डला भएर नयाँवानेशवर हुदै पुनः माइतिघर माण्डलामा आएर सभामा परिणत भएको थियो।
सभाको कार्यक्रम लाई वीगेसोका प्रमुख सल्लाकार परि थापा, पुर्वराजदूत हिरण्यलाल श्रेष्ठ वामपन्थी नेता सिताराम तामाङ्ग अधिवक्ता लालवहादुर जाग्री लेखक\सिमाविद रतन भण्डारी जनजातीमहासँघका पवनमान श्रेष्ठ, क्रान्तिकारी महिला सँधकि शारदले पनि सम्वोधन गरेका थिए।कार्यक्रमको सञ्चालन ज्ञानवहादुर र अध्यक्षता वीगेसो अध्यक्ष पदमसुन्दर लिम्वुले गर्नुभएको थियो।
कार्यक्रमका केहि झलकहरु
प्रतिक्रिया