राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश, दुई वटा होल्ड

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २३ १७:३३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइएको थियो । यी दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गरिएको हो । 


२०८३ असोज २३ १७:३३ बजे

प्रतिक्रिया