काठमाण्डौ।प्युठानको स्वर्गध्दारी गुठीको दाङगमा रहेको हजार विघा जग्गामा सयौ वर्ष अर्थात वाजे वुवाको समय पाला देखि भोगचलन गर्दै आएको दाङ्गका मोहि किसानहरु विगत तिन देखि देखि माइतिघर मण्डला काठमाण्डौमा धर्नामा वसेका छन।
दाङ्ग देखि हलो जुवा कोदालो फरुवा थाल चम्चा वोकेर उनीहरु काठमाण्डौ आएका छन। आफ्ना वाजे वुवाले भोगा चलन गर्दै आएको जग्गाको मोहियानी हक वाट आफुहरुले जग्गा पाउनु पर्ने उनिहरुको दावी रहेको छ।
( मोहिकिसान धर्नाको फोटो)
माईतिघर मण्डलामा हिजो दिनभरि उनिहरुले थाल ठटाएर विरोध प्रर्दशन गरेका थिए। मोहिकिसानहरुको माग पुरागर्नुपर्ने भन्दै क्रान्तिकारी किसान सँगठनका सँयोजक सिताराम तामांङले धर्नाप्रति समर्थन एव प्रतिवध्दता जनाएका थिए। त्यसगरी नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले पनि मोहि किसानका न्यायसँगत माग सरकारले पुरा गर्नुपर्ने वताएका थिए।आफ्नो माग पुरा नभए सम्म घर नफर्किने घर्नाकारी मोहिकिसान विन्तिराम चौधरीले बिम्व अनलाइनलाई वताएका छन।
प्रतिक्रिया