ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)ले सम्पन्न गर्यो मोटरसाइकल न्याली

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २३ २१:०७ बजे

काठमाण्डौ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को आयोजनामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धी १२ दिने कार्यक्रम अन्तगत आज ११औ दिनमा  मोटरसाइकल  न्याली सम्पन्न गरेको छ।

मोटरसाकल न्यालीको उदघाटन वीगेसोका प्रमुख सल्लाहकार एव पुर्व साँसद परि थापाले वीगेसोको झण्डा फर्फराएर गर्नु भएको थियो। माइतिघर मण्डला देखि  भद्रकाली शहिद गेट सुन्धारा रत्नपार्क वागवजार पुरानोवसपार्कहुदै शहिद गेट त्रिपुरेश्वर थापाथली हुदै  माइतिघर मण्डलामा आएर मोटरसाइकल न्याली सभामा  परिणत भएको थियो।

  सभालाई अधिवक्ता लालवहादुर जाग्रीले सम्वोधन गर्दै विगेसोको आन्दोलन केवल गोर्खाहरुको अधिकार सुविधाका लागी मात्र नभएर विभिन्न देशका  तर्फवाट  प्रथम र दोस्रो विश्वयुध्द लडेका नेपालहरु उनिहरुका जहान परिवार आफन्तहरु ,  रोजगारीको लागी   विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको हक अधिकार स्वाभिमान सुरक्षा  र वर्मा भुटान सिक्किम गडवाल कुमाउ समेतका स्थानमा रहेका नेपाली जातीहरुको स्वाभिमान सुरक्षाको सँरक्षण गर्ने अभियान हो भनि वताउनु भयो। उहाँले भन्नु भयो अदालतको आदेशको अपहेलाना गरि कार्यान्वयन नगर्ने पदाधिकारी वा अधिकारी लाई अदालतको अपहेलाना मुद्दामा एक वर्ष सम्म कैद हुन सक्ने कानुनी व्यवस्था रहेको वताए।गोर्खाहरु लाई गैरआवशिय नेपाली वनाएर आफ्नै देश आउन भिसा लिनुपर्ने कुरा न्याय सँगत नभएको पनि जाग्रीले वताएका छन

कार्याक्रमा वीगेसोका महिला विभाग प्रमुख ललिता राइले गोर्खाहरु न्याय समानता स्वाभिमानका लागी लडिरहेको वताएका छन। कार्यक्रमका प्रमुख वक्ता एव विगेसोका प्रमुख सल्लाकार परि थापाले  सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने वर्तमान सरकार हुतिहार नालायक भएएको हुदा विगेसोले यसरी आन्दोलन गर्नु पर्ने अवस्था सृजना भएको वताउनु भयो। यो आन्दोलन नेपाली श्रमिकहरुको अधिकार सुरक्षाको ग्यारेण्टी नेपाल सरकारले गर्नु पर्छ भन्ने कुराको सुनिश्चितता गराउनका लागी पनि गर्नुपर्ने वताउउनु भयो। कार्यक्रमा अध्यक्षता पलघर्तिमगर सञ्चालन शान्तवहादुर गुरुङ्ग, स्वागत मन्तव्य ज्ञानवहादुर गुरुङ्ले गरेको कुरा वीगेसोका अध्यक्ष पदमसुन्दर लिम्वुले विम्व अनलान लाई वताएका छन।

२०८१ माघ २३ २१:०७ बजे

प्रतिक्रिया