तिमी कता अतालिनु भयो
तिमी कहा भटकिनु भयो
तिमिलाई कस्ले कन्फ्युज
गरेर भ्रामिक पार्नु भयो।
भ्रममा किन कसरी पर्न भयो।
भ्रमको बिस्वास किन भयो।
बिचारमा कटिबद्ध थियौ तिमी
भ्रमलाई त्याग्न नसकिने भयो
भ्रमले तिम्रो बिचारमा घर गर्यो।
भ्रमले तिम्रो दिमागमा घर गर्यो।
भ्रमको जालोले तिम्रो आखाँमा
भ्रमिक पट्टिले दृस्टी बिहिन गर्यो ।
बिस्वास थियो तिमिमा धात गर्यौ
बिस्वासलाई निस्वासमा धकेल्यौं।
अहिले अर्कैको मानमस्तिकमा
चलाई मान भएर बाहिर आयौ।
किन अतालिन्छौ खुलेर आउ।
किन भटकिन्छौ सत्य बाटो समाउ ।
कसैको भ्रमको कन्फ्युजमा नपर
उदिएर बैचारिक पोख्ता भएर आउ।
भ्रम नामको जालो चिरेर जानू पर्छ।
भ्रमलाई दिमाग बाट निकाल्नु पर्छ।
सैद्धान्तिक बैचारिक बिचारको ज्ञान
बाट प्रफुल्ल अनिवार्य भएर जानुपर्छ।
भ्रमले बिचारमा फरक पार्न दिन हुन्न ।
भ्रम फाल्न अध्ययन गर्न हो नत्र हुन्न ।
अध्ययन सहि छ भने कसैले छेक्नु
सक्दैनन् भ्रमले काम गर्नसक्नु हुन्न।
अध्ययन गर्नुहुन्छ भ्रम आफै चोइटिन्छ
सहि संरचना छ जनता आफै तातिन्छ।
माक्र्सवादको शिक्षाको अध्ययन गर्यौ
भने संगठनहरू आफै बनिरहने होइन्छ।
क्रान्तिकारी बिचारको अध्ययन गर।
क्रान्तिकारी कम्युनिस्टका्े अमल गर।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको
कार्यदिशा लाई आत्मासाथ पढ्ने गर।
पार्टीको काम सहि तर्जुमा गरेर गर्नुपर्छ ।
पार्टी क्याडरहरूको मिलोमतो हुनपर्छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको
जिम्मेवार सदस्य बनेर काम गर्नुपर्छ ।
प्रतिक्रिया