काठमाण्डौ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को महिला विभागको माघ १६ गते सभाको सम्पन्न भएको छ।विगेसो आफ्नो हक अधिकार र स्वाभिमानका लागी विगत देखि कानुनी र सडक सँघर्ष चलाउदै आएको सँगठन हो।
एक वर्षको लामो समय सम्म सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन सरकारले नगरेको हुदा सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागी बिगेसोले १२ दिने दवावमुलक सघर्षका कार्यक्रम गर्दै आएको छ। माघ १६ गते विगेसो महिला विभाग ध्दारा आयोजित कार्यक्रममा महिला अधिकार, भूतपूर्व गोर्खा सैनिकका मुद्दाहरु राष्ट्रिय स्वाभिमान, स्वाधिनता, श्रम शोषण तथा महिला अधिकार हनन जस्ता विषयमा वक्ताहरुले विचार व्यक्त गरेका थिए।