भारतको प्रयागराज महाकुम्भ मेलामा भागदौड : १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १६ ०९:२१ बजे

भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गएराति साढे एक बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो । घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी छ ।विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामध्येको एक कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो ।

भागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।गएको जनवरी १३ तारिखदेखि शुरू भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् । एजेन्सी


२०८१ माघ १६ ०९:२१ बजे

प्रतिक्रिया