छाउगोठमा सुतेरहेकी महिलालाई बाघको आक्रमण

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १४ ११:२३ बजे

कैलाली । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । 

घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको थियो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र थप उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सुदूरपश्चिममा  महिलाहरू महिनावारी भएको समयमा घरभन्दा अलग्गै वस्ने  गलत परम्परा प्रथाका कारण वर्षेनी महिनाहरुको  अकालमा नै ज्यान जोखिममा पर्ने गरेको वताईन्छ।महिनावारी नियमित शारिरिक अवस्था भएको हुदा महिनावारी भएको समयमा सुविधायुक्त सुरक्षित घरकोठामा वस्नुपर्ने हुन्छ।घरकोठामा वसेमा देवता रिसाउने वा अन्य अनिष्ठा हुने अन्धविश्वास भए पनि तथ्यले यो कुरा पुष्टि नगरेको हुदा गलत अन्धविश्वासि प्रथा परम्पराहरु लाई महिला\पुरुष दुवैले अस्वाकार गर्नु आजको आवश्यक्ता रहेको वताइन्छ।
२०८१ माघ १४ ११:२३ बजे

प्रतिक्रिया