मदन राई बाल यौन दुरूपयोगमा अदालतबाट दोषी ठहर ३ वर्ष भन्दा वढी सजाय हुन सक्ने कानुनी प्रावधान

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १३ १४:३० बजे
मदन राई

काठमाडौं। आफैंले खोलेको शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए।दोषी राई कृषि विज्ञका रूपमा पनि परिचित छन्।

यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ।२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो। उनलाई  वर्ष भन्दा वढी सजाय हुन सक्ने कानुनी  प्रावधान रहेको अधिवक्ता लालवहादुर जाग्रीले वताएका  छन।



२०८१ माघ १३ १४:३० बजे

प्रतिक्रिया