डडेल्धुरा प्रेस चौतारीको अध्यक्षमा लक्ष्मी ऐर सचिवमा ममता भट्ट चयन

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १० १८:४६ बजे

डडेल्धुरा। डडेल्धुरा  जिल्लाको  प्रेस चौतारी नेपालको अध्यक्षमा लक्ष्मी ऐर र सचिवमा ममता भट्ट चयन हुनु भएको छ । बुधवार जिल्ला सदरमुकाममा सम्पन्न पाँचौं जिल्ला अधिवेशनले ऐरको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । चौतारीको जिल्ला नेतृत्वमा दुवैजना महिना चयन भएको पहिलो पटक हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मदनराज भट्ट र भावना पौडेल, सचिवमा ममता भट्ट, सह–सचिव बिर बहादुर भण्डारी, भोज ताम्राकार र कोषाध्यक्षमा भुवन भण्डारी सर्वसम्मत चयन हुनु भएको हो । सदस्यहरूमा डवल बहादुर ठकुल्ला, सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन हुनु भएको छ । 

यस्तै केन्द्रिय परिषद सदस्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का र पार्वती कुमारी धामी चयन भएका छन भने प्रदेश परिषद सदस्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साउद र गरिमा बोहरा चयन हुनु भएको छ ।

प्रेस चौतारी नेपालले देशभरका पत्रकारहरूको हकहितको लागि आवाज उठाउँदै आएको छ । अबको नयाँ नेतृत्वले पनि संगठनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष लक्ष्मी कुमारी ऐरको भनाई छ । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, प्रेस चौतारी नेपाल सुदूपश्चिम अध्यक्ष कृष्ण ओली, सचिव लोगसरी कुँवर, केन्द्रिय सदस्य सुशील ढुंगाना, जिल्लास्थित सञ्चारकर्मीहरू उपस्थिति रहेको थियो । प्रेस चौतारी नेकपा(एमाले) निकट पत्रकारहरुको सँगठन हो।

 




२०८१ माघ १० १८:४६ बजे

प्रतिक्रिया