माघ २४ को सम्झनामा विगेसोले गर्यो सँघर्षका कार्यक्रमको घोषणा

bimbonline पदम सुन्दर लिम्वु विगेसो अध्यक्ष
२०८१ माघ ९ ११:१५ बजे

काठमाण्डौ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो)द्वारा सर्वोच्च अदालतमा दायर मुद्दामा सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा २०७९ माघ २४ गते निर्देशनात्मक आदेश  (माघ २४ गते)  भएको थियो। माघ २४ लाई बिगेसोले विशेष रुपमा मनाउँदै आएको छन ।

बिगेसोले हरेक वर्ष माघ २४ गतेलाई लक्षित गरी त्यसको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छन । यसै सिलसिलामा यस वर्ष बीगेसोले यही माघ १३ देखि २४ गतेसम्म काठमाडौंको निम्न स्थान, मिति र समयमा शान्तिपूर्ण र्याली, कोणसभालगायतका कार्यक्रमहरुको घोषणा गरेको अध्यक्ष  पदमसुन्दर लिम्बूले बिम्व अनलाईन लाई  वताएका छन।

वीगेसोका मागहरु अझै पुरा नभएको हुदा वीगेसोले आफ्ना अधिकार प्राप्तका लागी प्रचारात्मक र सन्देशमुलक कार्यक्रमहरु घोषण गरेेको हुन।जसअनुसार २०८१ माघ १३ गते देखि माघ २४ माइतीघर मण्डलामा बीगेसोको ब्यानर राख्ने । २०८१ माघ १३ गते देखि माइतीघर, मण्डलामा विभिन्न संघसंस्था, पार्टी, बुद्धिजिवी, समाजसेवीहरुलाई बीगेसोको अभियानमा ऐक्यवद्धतासहित हस्ताक्षर संकलनका लागि आह्वान गर्दै मन्तव्य, कविता वाचन, गीत–संगीत सहितको कार्यक्रम सम्पन्न गर्ने ।

त्यसैगरी २०८१ माघ २२ गते दिउँसो १ बजे देखि शान्तिपूर्ण लाल्टिन जुलुश माइतीघर मण्डलाबाट नयाँबानेश्वर पुगेर पुनः माइतीघर मण्डला फर्कन र जुलुसलाई कोणसभामा परिणत गर्ने । २०८१ माघ २३ गते बिहान ११ बजे माइतीघर मण्डलामा भेला भइ मण्डलाबाट भद्रकाली, शहीदगेट, न्यूरोड गेट, शान्तिबाटिका, भद्रकाली, शहिद गेट, त्रिपुरेश्वर, थापाथली माइतीघर मण्डलासम्म मोटरसाइकल र्याली निकाल्ने, र अन्तमा मण्डलामा कोणसभा आयोजना गर्ने । २०८१ माघ २४ माइतीघर मण्डलामा बिहान ११ बजे भेला भई मण्डलाबाट बानेश्वर हुँदै माइतीघर मण्डलासम्म शान्तिपूर्ण रयाली आयोजना गर्ने र मण्डलामा पुगेपछि रयालीलाई सभामा परिणत गरी विभिन्न व्यक्तित्वहरुले सम्बोधनका कार्यक्रम रहेको अध्यक्ष लिम्वुले वताएका छन। 

 





२०८१ माघ ९ ११:१५ बजे

प्रतिक्रिया