नेपाल कानुन व्यवशायी परिषदको चुनाव माघ २६ गते , सुदूरपश्चिम प्रदेश वाट अधिवक्ताध्दय निरन्जन विष्ट र टेकवहादुर कठायतको उम्मेदवारी

bimbonline बिम्ब अनलाइन
२०८१ माघ ७ १९:४४ बजे

धनगढी। नेपालमा कानुन व्यवशायीहरुको पाठक्रम निर्धारण गर्ने, कानुनमा स्तातक उत्रिण गरेका विधार्थीहरुको अधिवक्ताको परिक्षा लिइ पास भएकाहरु लाई अधिवक्ताको प्रमाणपत्र प्रदान गर्ने, अधिवक्ता (वकिल)हरु लाई अनुशासनका कार्वाहि सचेत,  निलम्वन  वा अधिवक्ताको प्रमाण पत्र खारेज सम्मका अनुशासनका कार्वाहि गर्ने अख्तियारी प्राप्त नेपाल कानुन व्यवशायी परिषदका पार्षद सदस्यहरुका लागी यहि माघ २६ गते देश भरी निर्वाचन हुन गइ रहेको छ।

यस परिषदका अध्यक्ष नेपाल सरकारका महान्याधिवक्ता रहने कानुन व्यवस्था छ । प्रत्येक प्रदेश वाट एक-एक जना पार्षद सदस्य सो प्रदेशका अधिवक्ताहरुले मतदान गरेर निर्वाचित गरि पठाउने गरेका छन। 

सुदूरपश्चिम प्रदेश वाट एक जना पार्षद सदस्य पदका लागी  दुइ जना अधिवक्ता निरन्जन विष्ट र अधिवक्ता टेकवहादुर कठायतको उम्मेदवारी परि उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशित भएको छ। यस प्रदेशमा २ सय ७९ जना अधिवक्ताहरु मतदाता रहेको छन।सवै मत खसेमा १ सय ४० मत प्राप्त गर्ने उम्मेदवारले चुनाव जित्ने निश्चत छ।

कैलाली जिल्लाका मतदाताहरुले कैलाली जिल्ला अदालत वारको मतदानकेन्द्र, कञ्चनपुर जिल्ला वार र महेन्द्रनगर उच्च अदालत वार एकाइका मतदाताहरुले महेन्द्रनगर उच्च अदालत वारको मतदान केन्द्रमा ,डडेल्धुरा, वैतडी वझाङ दार्चुला जिल्ला अदालत वारका  मतदाताहरुले डडेल्धुरा जिल्ला अदालत वारको मतदान केन्द्रमा  , वाजुरा, अछाम, डोटी र दिपालय वार एकाइका मतदाताहरुले दिपायल उच्च अदालत वार एकाइको मतदान केन्द्रमा मतदान गर्ने कुरा निर्वाचन समितिले विम्व अनलाईन लाई वताएका छन।

अधिवक्ताहरुको ज्ञान सिप क्षमताको वृध्दि विकास गर्ने अनुशासन कायम गर्ने परिषदको मुख्य काम भए पनि दलिय राजनिति वाट परिषद अछुतो रहेको छैन। निरन्जन विष्ट नेकपा(माओवादी केन्द्र) निकट अधिवक्ता हुन भन्ने टेकवहादुर कठायत नेपाली काग्रेस निकट अधिवक्ता हुन। निरञ्जन विष्टका प्रस्ताव अधिवक्ता प्रकाश वहादुर पाण्डेय, समर्थक दलवहादुर धामी रहेका छन। दलवहादुर धामी नेकपा(एमाले) निकट अधिवक्ता मानिन्छन। टेकवहादुर कठायतका प्रस्तावक भुपेन्द्रवहादुर विष्ट र समर्थक उध्दवराज भट्ट रहेका छन ।दुवै अधिवक्ताहरु नेपाली काग्रेस निकट मानिन्छन।

सरकारमा   नेपाली काग्रेस र नेकपा(एमाले)को गठवन्धन भएपनि वार काउन्सिलको निर्वाचनमा नेकपा(एमाले) , नेकपा(माओवादी केेन्द्र)र नेकपा(समाजवादी) निकट अधिवक्ताहरुको एउटा प्यानल र नेपाली काग्रेस निकट अधिवक्ताहरुको अर्को प्यानलको उम्मेदवारी रहेको वताइन्छ।



२०८१ माघ ७ १९:४४ बजे

प्रतिक्रिया