रामवहादुर देउवाको श्रध्दाञ्जली सभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ माघ ६ ०९:१३ बजे

धनगढी।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कैलाली जिल्ला समितिको आयोजनामा हिजो कैलाली लम्किचुहा न.पा.६ चैनपुरमा रामवहादुर देउवाको १३औ पुण्यतिथिको सन्दर्भमा श्रध्दाञ्जली सभा सम्पन्न भयो।

वुवा करनसिह देउवा र आमा पदमा देउवाको वैवाहिक सम्वन्ध वाट २०३२ साल जेठ ८ गतेका दिन  रामवहादुर देउवाका जन्मनु भएको थियो। सानो देखि मिलसार मिहिनेती स्वाभावका देउवा २०५४ एमालेमा आस्था राख्नु भयो। २०५६ सालमा एमाले वाट माले विभाजन हुदा मालेमा लाग्नु भएको थियो। २०५८ सालमा भारतमा काम गर्ने सिलसिलामा नेकपा(माओवादी) निकट अभाने एकता समाज सँगठित थिए।  २०६४ सालमा नेकपा(माओवादी),२०६९मा नेकपा (क्रान्तिकारी माओवादी) २०७९ वैशाखमा नेकपा(विपल्व) नेकापा(वहुमत)  र २०८१ वैशाख १९ गते नेकपा( क्रान्तिकारी- माओवादी) र नेकपा(वहुमत)विच पार्टी एकता पछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रदेश कमिटीमा हुनुहुन्थ्यो।रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अभाने एकता समाजको प्रदेश कमिटी सदस्य रहेको समयमा नै २०८१ पौष २४ गते हिमाचल प्रदेशको सिविल सप्लाइ गोदाममा चामलको ढाक ढल्दा च्यापिनगइ उहाँको दुःखत निधन भएको थियो।

उहाँका श्रीमति छोरा तिन छोरी चार  वुवा आमा सहित दशजनाको परिवार रहेको छ। हिजो उहाँको १३औ पुण्यतिथिको सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलाली जिल्लाले उहाँको घरमा नै उहाँ  प्रति श्रध्दाञ्जी सभा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षा कमल देउवा सञ्चालन रुद्र कडेल प्रमुख्अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका के.स. एव कैलाली जिल्ला इञ्चार्ज शेरवहादुर देउवा हुनुहुन्थ्यो।कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु हरि सुवेदी, रामवहादुर महरा, लालवहादुर मडै , दिनेश थापा, डम्वर विष्ट, वैकल्पिक केन्द्रिय सदस्य टँक कोइराला सहित उल्लेख उपस्थिति थियो। १ मि मौन धारण पछि मृतकको फोटोमा माल्यापण गर्दै मान्छे जन्म पछि मर्छ जिवन भर देश जनता समाजका पक्षमा काम गर्नु पर्छ भन्ने कुराको भाव प्रमुख अथितिले प्रकट गर्नुभयो। श्रध्दाञ्जी सभामा मृतकका आफन्त इष्टनित्र गाउँलेहरुको पनि उपस्थिति रहेको शेरवहादुर देउवाले विम्वअनलाइन लाई  वताएका छन।


२०८१ माघ ६ ०९:१३ बजे

प्रतिक्रिया