भारत बेङ्लोरमा ६ बर्षीय नाबालिकाको बलात्कार पछि हत्या

दोषिलाई अखिल भारत नेपाली एकता समाजले कडा भन्दा कडा कारवाहीको माग गरेको छ।

bimbonline बिम्ब अनलाइन
२०८१ माघ ५ १०:२९ बजे

बेङ्गलोर । नेपालको  कालीकोट जिल्ला, नरहरीनाथ गाउँपालिका वडा नं ४ रुप्षा अदेलाका  दिपेन्द्र बोगटी र सुनिता कुँवरकी जेठी छोरी  ६ वर्ष की रश्मी बोगटीको बेङ्गलोरमा  निर्माण हुन गइरहेको अपार्टमेन्टमा काम गर्ने एकजना बिहारको भारतीय नागरिकले १३ जनवरी २०२५ मा बलात्कार पछि हत्या गरेको छन।

घटनाको जानकारी लिन १४ जनवरी २०२५ का दिन अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव रामसिंह बिक, केन्द्रीय सदस्यहरु करन दयाल,  शेरसिंह विक, गणेश विक,  कलावती दयाल,  मिना बिक, क्षेत्रिय सदस्य बिरेन्द्र बिक, कविराज विक सहितको प्रतिनिधि मण्डल घटनास्थल पुगेको थिए।त्यहाँको तनावग्रस्त अवस्थाले गर्दा प्रशसान प्रमुख थाना निरक्षक अथवा ईन्सपेक्टर सँग भेट्न हुन नसकेको वताएका छन।

घटनाको जानकारी लिन तेस्रो दिन तथा १५ जनवरी २०२५ का अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका अध्यक्ष राम दत्त पाण्डे, केन्द्रीय सदस्यहरु  करन दयाल,   महिला नेतृ ज्ञानमती विकको प्रतिनिधि मण्डलले राम मुर्ति नगर पुलिस चौकी गएर प्रहरी निरक्षक  किरण   बाट   जानकारी लिने काम भएको छ। आरोपित अहिले प्रहरी हिरासतमा रहेको छन। कानुनी कार्वाहि चलिरहेको वताइन्छ।

मृतक वालिकाको न्यायको लागि अखिल भारत नेपाली एकता समाजले कडा भन्दा कडा कारवाहीको माग गर्दैै यस संकटको समयमा अखिल भारत नेपाली एकता समाज मृतक वालिकाको  दिभंगत आत्मा प्रति चिर शान्तिको कामना तथा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको वताइन्छ।


२०८१ माघ ५ १०:२९ बजे

प्रतिक्रिया