डडेल्धुरा। आखाँ अस्पताल गेटा धनगढी र अमरगढी नगरपालीकाको सँयुक्त आयोजनामा यहि माघ १२ र १३ गते आखाँ अस्पताल डडेल्धुरामा निःशुल्क आखाँको शिविर सञ्चालन हुनेछ।
त्यसैगरी आखाँ अस्पताल गेटा धनगढी र परशुराम नगरपालीकाको सँयुक्त आयोजनामा यहि माघ १५ र १६ गते जोगवुढा अस्पताल लालढुङ्गामा निःशुल्क आखाँ शिविर सञ्चालन हुने गेटा अस्पतालले जनाएको छ।
शिविरमा मोतिया विन्दु लगायत आखाँ सम्वन्धि अन्य रोगको निःशुल्क शल्यक्रिया, औषधि वितरण र शुलभ मुल्यमा चश्मा वितरण गरिने भएकोले आखाँका समस्या भएका सवै सेवाग्राहिहरुले निःशुल्क सेवाको लाभ लिनहुन गेटा अस्पतालले जानकारी गराएको छन।
गेटा आखाँ अस्पताल धनगढीले वर्षेनि निःशुल्क आखाँ शिविरि सञ्चालन गर्दै आएका छन।सयौ सेवाग्राहिहरु शिविर वाट लाभान्वित पनि भएको कुरा एक सेवाग्राहिले वताएका छन।
प्रतिक्रिया