दाङ बाग्लुङ् अर्घाखाँची रोल्पा छ छेवमा
दुई नगर सात् पालिका प्यूठान् छ माझमा ।
स्वर्गद्वारी पुण्यधाम माडीखोला त्यहीँ
ओखरकोट बाँधीकोट मच्छी गाउँ यही ।
माडी खोला हेर्न हुने झिम्रुक् खेती हुने
गौमती र नौबहिनी हेरी न अघाउने ।
पारी पर्यो बिजुवार वारी छ खलंगा
कहीँ होचा कहीँ अग्ला प्यूठानका डाँडा ।
एक् पाली सरुमारानी माण्डवी अर्को छ
मकैबारी बाँदर लाग्ने त्यही बढी झर्को छ ।
झिम्रुकको किनारमा ऐरावती पाली
बेशी थुम्का शुन्दर बस्ती कहीँ छैनन् खाली ।
स्वर्गद्वारी झिम्रुकले चिनिन्छ यो जिल्ला
कुनैबेला ऐतिहासिक् यो मगरात् को किल्ला ।
सुख दुःख बाँड्न मन् छ साथीभाई माझमा
बत्ति बली झिलमिल हुन्छ गोधुली यो साँझमा ।
२०८१।९।२३ मंगलवार
प्रतिक्रिया