एक टपर्टुया फेसवुक लाइभ गर्दा गर्दै पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८१ माघ २ १५:०५ बजे

काठमाण्डौ।  आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । काठमाडौँ प्रहरी परिसरले केहि बेरअघि उनलाई अभद्र व्यवहारको कसुरमा स्वयम्भुबाट नियन्त्रण लिएको बुझिएको छ । उनले विगत केहि सममय देखि टपर्टुथ्या तथा अराजक गधिविधि गरेर समाजमा गलत सन्देश निरन्तर प्रवाह गर्दै आएकी थिइन। 

पक्राउ पर्नुअघि आशिकाले फेसबुक पेजमा लाइभ गर्दै प्रहरी समात्न आएको जानकारी गराएकी थिइन् । एकपछि अर्को विवादित गतिविधि गर्दै आएकी उनले केही दिनअघि गौशलामा प्रहरीलाई ‘दलाल’ भनेर थर्काएकी थिइन् । 

पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाउन पुगेकी तामाङलाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुँदै भनेकी थिइन्, ‘तपाईहरु बढी नहुनुस्, दलालहरु।यो सरकारी कार्यालय हो, सरकारी समयमा जो पनि जान पाउँछ।समय कति भयो हेर त (कसैलाई निर्देशन दिदै)।’

प्रहरीसँग भनाभन भएको उक्त भिडियो समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोही प्रकरणमा उनलाई पक्राउ गरेको बुझिएको छ । तामाङले फेसबुकमा हालेको भिडियोमा पक्राउ पर्नुअघि प्रहरीसँग चर्काचर्की परेको देखिन्छ ।  

तामाङ अभिनेत्री पनि हुन् । उनले अभिनेता आर्यन सिग्देलसँग चलचित्र ‘सुश्री’मा काम गरेकी थिइन् । चलचित्रबाट खासै चर्चा पाउन नसकेपछि सस्तो लोकप्रियताका लागी विभिन्न बेथितिको भिडियो बनाएर फेसबुकमा पोस्ट गर्न थालिन् । त्यसबाट चर्चा बढेपछि हौसिएकी उनका गतिविधि पछिल्लो समय भने अराजक बन्दै गएको देखिन्छ ।



२०८१ माघ २ १५:०५ बजे

प्रतिक्रिया