जात व्यवस्था सम्वन्धि अन्तराष्टियस्तरको अन्तक्रिया कार्यक्रम नेपालमा

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २५ १९:०७ बजे

काठमाण्डौ । नेपालको जात व्यवस्थाको अवस्थाबारे अध्ययनकालागि भारतीय एक टोली नेपाल भ्रमणमा आउने भएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) रेड स्टारका महासचिव पिजे जेम्सले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई जनवरी छ अर्थात पौष २२ मा एक पत्र लेख्दै सो कुराको जानकारी गराएका छन् । पत्रमा भारतीय जात व्यवस्था उन्मूलन आन्दोलन र गुरु घाँसीदास सेवादर संघ छत्तिसगढका टोली अध्ययन अनुसन्धान गर्न आउने उल्लेख छ ।

 क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको समयमा रेडस्टार पार्टीका पोलिटव्यूरो सदस्य तुइन देव र शंकर सहित सन्तबहादुर नेपाली टेकबहादुर विश्वकर्मा र केही साथीहरुको सहभागितामा भारतको जातव्यवस्था उन्मूलन र गुरु घाँसीदास सेवादर संघ छत्तिसगढ राज्यको टोली नेपालको जातीय विभेद र मनुवादको प्रभावको बारेमा अध्ययन भ्रमण गर्न टोली आउनेबारेमा छलफल भएको थियो । सोही छलफल अनुसार छत्तिसगढ राज्यबाट १५ सदस्सीय अध्ययन अनुसन्धान टोली अध्ययनको लागि १२ जनवरी देखि १६ जनवरी २०२५ सम्मका लागि नेपाल भ्रमणमा आउँदै छ ।

त्यो टोलीको नेतृत्व  पार्टीका पोलिटव्यूरो सदस्य तुइनदेवले गर्नेछन्। त्यो अध्ययन टोली १२ जनवरीको दिन लुम्बिनीमा आइपुग्नेछ । र १३ जनवरीमा त्यहाँ कमरेडहरुसँग छलफल गर्नेछ । १४ जनवरीका दिन बुटवलमा एक गोष्ठीको आयोजना गर्ने छ । जनवरी १५ मा चितवन जिल्लामा एक छलफलको आयोजना गर्ने छ । जनवरी १६मा काठमाण्डौमा एक गोष्ठी र १७ जनवरीका दिन साथीहरुसँग छलफलको आयोजना गर्नेछ । यस किसिमको भ्रमण तयबाट नेपाल र भारतका अन्तराष्टियस्तरका वामपन्थी क्रान्तिकारीहरुको बीचमा एक अर्कालाई बुझ्न र विचारहरुको आदान प्रदान हुन मद्दत पुग्ने छ । 

कार्यक्रमका वारेमा टुइन देवले हिन्दिमा आफ्नो फेसवुक पेजमा स्टाटस लेख्दै भनेका छन- नेपाल में निर्मम जातिव्यवस्था और मनुवादी /ब्राम्हणवादी हिंदुत्व की विचारधारा के प्रभाव का अध्ययन /शोध , इसके खिलाफ नेपाल के जनवादी / प्रगतिशील ताकतों का प्रतिरोध तथा नेपाल और भारत के वामपंथी आंदोलन के साथियों के बीच परस्पर आदानप्रदान बिरादराना संबंध कायम करने के उद्देश्य से भारत के छत्तीसगढ़ प्रांत के जाति उन्मूलन आंदोलन और गुरु घासीदास सेवादार संघ (GSS) के 15 सदस्यीय दल का नेपाल शोध/अध्ययन यात्रा आगामी 12 जनवरी से 16 जनवरी तक आयोजित है।

कार्यक्रम के तहत 12 जनवरी को लुंबिनी में सामान्य जन और वामपंथी साथियों के साथ विचार विमर्श,13 जनवरी को बुटवल में संगोष्ठी,14 जनवरी को काठमांडू जाने के पथ पर चितवन जिले में जन संवाद,15 जनवरी को काठमांडू में संगोष्ठी एवं 16 जनवरी को प्रगतिशील जनवादी आंदोलन तथा उत्पीड़ित जनता के आंदोलन से जुड़े साथियों से अंतरंग चर्चा / विचार विमर्श होगा।नेपाल की प्रसिद्ध वामपंथी पत्रिका " हांक टुडे" में इससे संबंधित रिपोर्ट प्रकाशित हुई है।यात्रा कार्यक्रम के आयोजन में सहभागी नेपाल के क्रांतिकारी वामपंथी साथियों को लाल सलाम भनि उल्लेख गरेका छन।


२०८१ पुष २५ १९:०७ बजे

प्रतिक्रिया