भारत। हिमाचल प्रदेश चुवा नगरपालिका वार्ड नंबर ३, बागमारा, कैलाली जिल्ला निवासी करन देउवाका ५१ बर्षीय छोरा तथा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य रामचन्द्र देउवाको दिनांक ८ जनवरी २०२५ तदानुसार २०८१ पौष २४ गतेका दिन करिव ११.३० बजे हिमाचल प्रदेशको सराँहमा अबस्थित एक सरकारी गोदाममा काम गर्ने क्रममा अनाजका बोराको चाङ ढलेर पुरीदा निजको दुखद निधन भएको एकता समाजका महासचिव महेन्द्र वस्यालले आफ्नो फेसवुक वालमा स्टाटस लेखेर जनाएका छन।
अहिले वहाँलाइ नजिकैको सरकारी हस्पिटलमा राखिएको छ। संगै काम गर्ने निजका भाइ कमल देउवा र भतिजा डम्मर देउबाले एकता समाज लाइ जानकारी दिएका वताएका छन।
आफन्तजन र समाजका साथीहरूको उपस्थितमा प्रहरी प्रशासनिकको काम तथा पोस्टमार्टम पछि निजको दाहसंस्कार गरिने वताएका छन। रामचन्द्र देउवाजीको दुखद निधनको समाचारले सिङगो समाजलाइ मर्माहित एवं स्तब्ध बनाएको छ। देउवा जी एक मिलनसार एवं जुझारू कार्यकर्ता हुनुहुन्थ्यो। वहाँको दुखद निधनले समाजलाइ अपुरणिय क्षेति पुराएको छ। यस संकटको समयमा अखिल भारत नेपाली एकता समाज निजको दुखद निधन प्रति गहिरो दुःख प्रकट एवं हार्दिक श्रद्धांजली अर्पण गर्दै शोकाकुल परिवार प्रति हार्दिक संवेदना प्रकट गर्दछ भनी उहाँ प्रति एकता समाजको तर्फ वाट भावपुर्ण श्रध्दाञ्जली व्यक्त गरेेका छन।
प्रतिक्रिया