खाने तरिका सिकौँ, स्वस्थ रहौँ

bimbonline बिम्ब अनलाइन
२०८१ पुष १९ १९:३४ बजे

एउटा पुरानो भनाइ छ, बिहानको खाना राजाले जस्तो, दिउँसोको खाना राजकुमारले जस्तो र बेलुकीको खाना माग्नेले जस्तो खानुपर्छ । यसको अर्थ दिनको सुरुआत भरपेट खानुपर्छ । यसपछि दिउँसो यसभन्दा कम र बेलुकी धेरै कम भोजन गर्नुपर्छ ।

यो भनाइ मान्छेहरूले स्वस्थ जीवन जिउने तरिका हो । तर, हाम्रै वरिपरि वा पार्टीमा कति मान्छेले भोजन गरेको देख्दा यस भनाइसँग मेल खाँदैन । हामी कति खान्छौँ, कहिले खान्छौँ, यसले हाम्रो पाचन शक्ति, तौल र निन्द्रामा पनि अलग अलग प्रभाव पर्दछ ।

फिलिप्स ग्लोबल स्लिप सर्वेक्षण– २०१९ अनुसार संसारभर ६२ प्रतिशत वयस्क व्यक्तिहरूले राम्रो निन्द्रा लिन पाएका छैनन् । यसको मुख्य कारण भारी भोजन पनि रहेको जनाएको छ ।

भोजन र निन्द्राबीच गहिरो सम्बन्ध-भोजनले शरीरलाई शक्ति दिन्छ भने निन्द्राले शरीरलाई आराम दिन्छ । द जर्नल अफ क्लिनिकल स्लिप मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार उच्च फाइबर, न्युन चिल्लोयुक्त खानाले गहिरो र अधिक आरामदायक निन्द्रा आउँछ । त्यही रातिको समयमा भारी खाना खाएमा यसलाई पचाउन शरीरमा धेरै इनर्जीको आवश्यक हुन्छ । यसले निन्द्रामा प्रभावित पार्छ र निन्द्रा आउँदैन ।

यस्तै भोजनमा गुलियो खानाले रगतमा चिनीको मात्रा बढ्छ । यसले भोजन पच्न पर्याप्त समय हुँदैन । यसैगरी, मसालेदार खानाले पनि निन्द्रामा असर पार्न सक्छ । भोजन हल्का लिएमा पच्न सजिलो हुनुका साथै निन्द्रा पनि राम्रो आउँछ । यसैले फाइबर भएको खाना खानु आवश्यक छ । हरियो तरकारीमा खनिज र भिटामिन धेरै हुन्छ । यो शरीरको लागि जरूरी पनि हो ।

निन्द्राका लागि तातो दुध-दुधमा भएको ट्रिप्टोफेन र मेलाटोनिनले निदाउन सहयोग गर्छन् । मेलाटोनिनलाई निन्द्राको हार्मोन बताइएको छ । यसबाहेक दुधमा रहेको पेप्टाइड्सले तनाव कम गरेर शरीरलाई तनावमुक्त गरिदिन्छ । यसले निन्द्रा राम्ररी आउँछ ।

हरियो तरकारीले दिमाग शान्त राख्छ।हरियो तरकारीमा मेग्निसियम हुन्छ, जुन शरीरको लागि आवश्यक हुन्छ । यसले दिमागलाई शान्त गर्छ र मांसपेशीलाई आराम दिन्छ । मेग्निसियमले निदाउनको लागि चाहिने हर्मोन मेलाटोनिनलाई बढाउने गर्छ । यसले निन्द्रा राम्ररी आउँछ । केरा, चेरी र कीवी जस्ता केही फलहरू खाने गरेमा पनि निन्द्रा राम्ररी आउनेछ ।

केही टिप्सः-चिकित्सकका अनुसार रातिको खाना खाने समय ८ बजेभन्दा अगाडि हुनुपर्छ ।

भोजन र सुत्ने समयमा कमसेकम ३ घण्टा फरक हुनु जरूरी छ । —यदि १०, ११ बजे सुत्नुहुन्छ भने ७, ८ बजे नै भोजन गरिसक्नु पर्छ ।

 खानेबित्तिकै सुतेमा खाना राम्ररी पच्दैन । यसले ग्यास्ट्रिक, अपच र मुटुमा डाहा हुने जस्ता समस्या निम्त्याउँछ ।

खानासाथै तुरुन्तै सुत्दा क्यालोरी खर्च हुन पाउँदैन । यसले तौल बढ्न सक्छ ।



२०८१ पुष १९ १९:३४ बजे

प्रतिक्रिया