कतारमा तलब नपाएको भन्दै विरोध गर्ने ६० आप्रवासी श्रमिकलाई देश निकाला

कतारमा तलब नपाएको भन्दै विरोध गर्ने ६० आप्रवासी श्रमिकलाई देश निकाला

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ ०८:१६ बजे
कतारमा तलब नपाएको भन्दै विरोध

काठमाडौं । कतारमा कम्पनीले तलब नदिएको भन्दै विरोध गर्ने ६० आप्रवासी कामदारलाई  कतार, सरकारले देश निकाला गरेको छ ।  ।

६ महिनाको तलब नपाएको विरोधमा सडकमा उत्रिएका ६० जना कामदारलाई पक्राउ गरी देश निकाला गरिएको कतारको आप्रवासी अधिकारले जनाएका छन् । सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै कतारले नेपालसहित भारत, बङ्गलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको हो।

कतारी सरकारी अधिकारीले दोहा न्युजलाई पठाएको विज्ञप्तिमा भनेको छ, ‘अहिले अनुसन्धान चलिरहेकोले व्यक्तिगत विवरण खुलाउन सकिँदैन’। 

कतारको राजधानीको अल साद जिल्लामा गत हप्ता दर्जनौँ श्रमिकहरू आफ्नो रोजगारदाता कम्पनी अल बन्दरी इन्जिनियरिङसँग भुक्तानीको माग गर्दै भेला भएर प्रदर्शन गरेका थिए। कामदारहरूले कम्पनीको दोहास्थित कार्यालयसामु अगस्ट १४ मा र्‍याली र विरोध प्रदर्शन गरेका थिए।

गत महिनाको अल बन्दरी इन्जिनियरिङ, ट्रेडिङ र कन्ट्र्याक्टिङका ​​कर्मचारीहरूले सात महिनाभन्दा बढी समयदेखि तलब नपाएको बताएका थिए। २०८ भन्दा बढी श्रमिकले श्रम मन्त्रालयमा उजुरी दिएको बताएका थिए ।

कतारको २०१५ कानुनमा कतारले सरकारको ज्याला संरक्षण प्रणाली (डब्लु पीएस) को परिचय दिएको छ। जस अन्तर्गत कम्पनीहरूले प्रत्येक महिनाको सातौँ दिनमा प्रत्यक्ष बैङ्कमार्फत कामदारहरूले भुक्तानी प्राप्त गर्ने सुनिश्चित गरेको छ ।

कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरूका साथै घरेलु कामदारहरूले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने व्यवस्था छ । यो पारिश्रमिक गत वर्षको मार्चदेखि नै कार्यान्वयनमा आए पनि अहिलेसम्म धेरै कम्पनीहरूले लागू नगरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाउँदै आएको छ ।

२०७९ भदौ ९ ०८:१६ बजे

प्रतिक्रिया