काठमाडौं। गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन्। सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो।
पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन्।जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो।
उनीसहित आरती गुरुङलाई पक्राउ गरिएको कास्कि प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
प्रतिक्रिया