शीवनाथलाई एकचोटि आर्थिक समस्या भएपछि बिष्णुनाथको घरमा पुगेर आफुलाई ूजसरी भएपनि पैसा सापटी दिएर काम चलाईदिनु पर्यो भन्दै समस्या तेर्स्याए ।
शीवनाथ उमेरले धेरै पाका थिए । सित्तिमित्ति उनलाई गाह्रो अप्ठ्यारो नपरी कसैसँग सापटी माग्दैनथे । यसपाली भने उनलाई निकै समस्या परेछ क्यारे । यसैले कहिले सापटी नभनेका मानिस बिष्णुनाथसँग गए ।
बिष्णुनाथसँग शीवनाथले आफुलाई गाह्रो अप्ठ्यारो परेको कुरा तीन कारणले भने जस्तो लाग्यो बिष्णुनाथलाई । पहिलो कारण आफूले भन्ने बित्तिकै बिष्णुनाथले कसो नदेलान् भन्ने बिश्वास गरेर हो । दोर्षो सापटी मागेको कुरा कसैसँग भन्दै हिँड्दैनन् बिष्णुनाथले भनेर पनि हो । तेर्सो कारण बिष्णुनाथले घरीघरी सापटी फिर्ता देउ भनेर भन्दैनन्, आफुलाई जहिले अनुकुल पर्छ उहिलेनै फिर्ता गरौँला भन्ने लागेर । यिनै कुरा मनन गरेर उनि सापटी भन्न गएका थिए जस्तो लाग्यो ।
शीवनाथ पैसा सापटी भन्न आफूसँग आएको देखेर बिष्णुनाथ बहुतै सरममा परेका थिए । बिष्णुनाथ उमेरले पनि धेरै कान्छा थिए, पदले पनि शीवनाथ भन्दा जुनियरनै थिए, तेर्सो नाताले पनि शीवनाथलाई नै नमस्कार गर्नु पर्ने थियो । फेरि शिवनाथले त्यति धेरै टाढाबाट आएर सापटी भन्लान् भनेर कल्पना पनि गरेका थिएनन् । शीवनाथ पनि हत्तपत्त कसैसँग नझुक्ने स्वभावका मानिस थिए भन्ने बिष्णुनाथलाई थाहा छ । तर नझुकेपनि समस्या आइपरेपछि कसको के नै लाग्छ र ? समाजमा बसेपछि कहीँ न कहीँ, कसै न कसैसँग समस्या त बिसाउनैपर्छ, समस्या समाधान त गर्नैपर्छ ।
बिष्णुनाथसँग पनि यो चोटि पैसाको अभाव नै थियो । एउटि नयाँदिल्लीमा चार्टर्ड एकान्टटेन्ट पढ्ने छोरीलाई महिनावारी खर्च पठाउनु पर्थ्यो । क्याम्पसमा उच्च शिक्षा हासिल गर्न गएका दुइजना छोरा छोरीलाई काठमाडौंमा पठाउनु पर्थ्यो । छोरा आइ. एस. सि. र छोरी कानुन बिषयमा स्नातक गर्दै थिइन् । अर्को कान्छो लाई बोर्डिङको फिस तिर्नु पर्थ्यो घरमा । तैपनि कुनै समस्या नदेखाई बिष्णुनाथले कहिलेसम्म कति पैसा चाहिने हो भनेर ससम्मान गरेर सोधे । शीवनाथले पाँच दिन सम्ममा रु.पचास हजार चाहिएको छ नत्र काम नचल्ने भनेर बताए ।
बिष्णुनाथलाई कहिले नभन्ने मानिस आएपछि नैतिक दवाव पर्यो । बिष्णुनाथले कतैबाट केही उपाए गरौँला, नभए बिमाबाट सापटी गरेर भएपनि शीवनाथलाई काम चलाईदिने वचन दिई पठाए ।
आफुसँग पैसा नभएको थाहा हुँदाहुँदै पनि शीवनाथलाई उनले भनेजति पैसा खोजेर उपलव्ध गराउने वचन दिएको देखेर बिष्णुनाथकि धर्मपत्नी दीलमाया पनि छक्क परेकि थिइन् । बिष्णुनाथले सँकटमा चाहिन्छ भनेर केही पैसा बिमा गरेका थिए । किनकी आफ्नो नाममा भएपछि जतिखेर चाहियो सापठी लिन सकिन्थ्यो । आवश्यक कागजात लिएर बिष्णुनाथ तुरुन्तै बिमा कम्पनीमा गए । बिमा कम्पनिले पनि निवेदन स्विकार गरि निवेदन दिए लगत्तै तमसुक गराएर छिट्टै पैसा दिई पठायो ।
बिष्णुनाथले छिट्टै पैसाको जुगाड गरी शीवनाथलाई बोलाएर उनले चाहिए जतिको पैसा दिइ पठाए । लगभग ३ महिनापछि शीवनाथले ईमान्दारीसाथ् बिष्णुनाथ लाई पैसा फिर्ता दिन ल्याए । बिमा कम्पनीबाट सापटी लिएको पैसा भएकोले बिष्णुनाथलाई पैसा नलिइ पनि भएको थिएन । उनले पैसा समाते । शीवनाथले आजसम्मको व्याज पनि जोड भने । यसरी व्याज पनि जोड भनेको बिष्णुनाथलाई चित्त बुझेको थिएन ।
बिष्णुनाथले आपसमा काम पर्दा काम चलाउने हो समस्या समाधान गर्ने हो भनिरहेका थिए । व्याजको आशा गरेर सापटी दिएका थिएनन् । आफन्तबाट व्याज लिन बिष्णुनाथको मनले पटक्कै मानेको थिएन । हुन त सापटि दिनुअघि बिमाबाट निकालेर भएपनि तपाईंको काम चलाउँछु भनेर बिष्णुनाथले शीवनाथलाई भनेका थिए । यही कुरा शीवनाथले मनमनै सोचेको पनि हुनुपर्छ ।
शीवनाथले कम्पनीको व्याज त तिर्दिनुपर्छ भन्ने सोचेर व्याज बुझाउन खोजे होलान् । बिष्णुनाथले भने त्यति छोटो समयको व्याज लिन आत्मादेखिनै स्विकार गरेका थिएनन् । किनकी भोलीका दिनमा आफुलाई पनि समस्या पर्न सक्छ, आफन्त साथीभाइ ईष्टमित्रले सजिलै सहयोग गरिदिउन् भन्ने सोच्दथे ।
शीवनाथले व्याज नदिई मानेनन् , व्याज धेरै पनि थिएन ।कम्पनिको नियम अनुसार जम्मा पाँच र सात सय लागेको रहेछ । आफन्तमा व्याज लिन बिष्णुनाथको आत्माले मान्दैथ्यो । त्यति थोरै व्याज आफ्नो स्वेच्छाले तिर्ने सोचेका थिए बिष्णुनाथले । उनले आजसम्म कसैबाट दुइपैसा व्याज लिएका पनि छैनन् ।
बरु बिष्ष्णुनाथले शीवनाथलाई व्याज दिनुको सट्टा आफ्नो लागि भनेर बिमा कम्पनीबाट सापटी निकालेर भएपनि समयमै काम चलाई दिएकाले बिष्णुनाथलाई सहयोगका लागि धन्यवाद छ भनेर दुई शब्द खर्चेका भए निकै खुसि हुने थिए । त्यति धन्यवाद सम्म नभनेर शीवनाथ फिर्ता भएको देखेर बिष्णुनाथले चित्त भने दुखाईरहेका थिए ।
(प्रशान्त)२०८१\९\९ मंगलवार, हाल कोहलपुर ।
प्रतिक्रिया