सुदूरपश्चिमका पहाडी भुभागमा हिमपात ,जनजिवन कष्टकर

bimbonline बिम्ब अनलाइन
२०८१ पुष ९ १७:०३ बजे
च्वावन रातीमाटीमा हिमपातको फोटो

डडेल्धुरा। सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मौसममा बदली भएको छ । सोमबार रातिदेखि सुदूरपहाडका जिल्लाहरुमा हल्का बर्षा भएको स्थानीयहरुले बताएका छन् । 

हल्का बर्षा भएसंगै चिसो बढेको छ । बैतडीका उच्च लेकाली क्षेत्रहरुमा हल्का हिमपात भएको छ । जिल्लाको सिगास, श्रीभावर, ढोल्यामोड,बाचपानी लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

त्यसैगरी वझाङको च्वावनको रातामाती लगायत हिमाली क्षेत्रमा र वाजुराको खप्तड क्षेत्रमा भारी हिमपात भएको स्थानियले वताएका छन। डडेल्धुराको महाभारत क्षेत्रमा पनि हिमपातको प्रवल सम्भावना रहेको भुवन ऐरले विम्वअनलाइन लाई वताएका छन।

सोमबार राति हल्का बर्षासंगै चिसो वढे पछि यि क्षेत्रमा हिमपात शुरु भएको हो। हिमपातका कारण जनजिवन कष्टकर भएको छ। अतिआवश्यक काम वाहेक घर भन्दा वाहिर ननिष्किन डाक्टरहरुको सल्लाह छ। तातो झोलिलो चिज खाने न्याय घरकोठामा वस्दा स्वास्थका लागी लाभदायिक हुने डाक्टरले वताएका छन।

यस्तै दार्चुलाका हिमाली क्षेत्रहरुमा पनि हिमपात भएको छ । मौसममा आएको बदलीसंगै मार्मा, अपिहिमाल, व्याँस लगायतका हिमाली क्षेत्रहरुमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यो समयमा श्वासप्रश्वाससम्बन्धी समस्या बल्झिने भएकाले चिसोबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका हुन् । 



२०८१ पुष ९ १७:०३ बजे

प्रतिक्रिया