सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी विरुद्ध पक्राउ पुर्जी

bimbonline बिम्ब अनलाइन
२०८१ पुष २ १८:३० बजे
अञ्जना कोइराला

काठमाण्डौ। सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा पोखरेल पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइराला सहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो।


 


२०८१ पुष २ १८:३० बजे

प्रतिक्रिया