पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर २५ ०८:५९ बजे

काठमाडौं। पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ।

पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसम पूर्वानुमाान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। 

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुवै घटेसँगै चिसो बढेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल पुगेको छ। न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको महाशाखाले जनाएको छ।


२०८१ मंसिर २५ ०८:५९ बजे

प्रतिक्रिया