दक्षिण कोरिया : राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामा

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर २० १९:१८ बजे

एजेन्सी । सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेका छन् । राष्ट्रपति युन सुक–योलले मंगलबार राति आपतकालीन मार्शल ल को घोषणा गरेपछि उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् ।


दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलले मंगलवार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मुलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थालाई कायम राख्न आपतकालीन मार्शल कानून लागु भएको घोषणा गरेका थिए । तर उक्त घोषणाको सत्तारूढ पार्टी र विपक्षी सबैबाट विरोध भयो । 

करिव साढे दुई घण्टापछि बसेको राष्ट्रिय सभाको पूर्ण बैठकमा सत्तारुढ जनता पार्टीका १८ र विपक्षी दलका १७२ सांसदको उपस्थितिमा उक्त घोषणा विरूद्ध मतदान भएको थियो । संविधानबमोजिम ३ सय सदस्यीय संसदले बहुमत सांसदले पक्षमा मतदान गरेपछि राष्ट्रपतिले मार्सल ल अध्यादेश खारेज गर्नुपर्छ । उक्त मार्शल ल असफल भएपछि राष्ट्रपति गम्भीर नैतिक संकटमा परेका छन् ।


२०८१ मंसिर २० १९:१८ बजे

प्रतिक्रिया