देशभर पश्चिमी वायुको प्रभाव तराई भूभागमा हुस्सु र कुहिरो

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर १ ०८:०० बजे

हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भूभागमा अहिले स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यतिबेला (शनिबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा अहिले बाक्लो हुस्सु रकुहिरो लागेको छ।

आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा दिउँसो आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।



२०८१ मंसिर १ ०८:०० बजे

प्रतिक्रिया