डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पव्लिक हेल्थ अध्यापनका लागि भर्ना सुरु

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक १० १३:४६ बजे

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पव्लिक हेल्थ अध्यापनका लागि भर्ना सुरु गरिएको छ ।पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन अनुमति मात्रै पाएर गत वर्षदेखि पढाई सुरु भएको थियो । यो वर्षदेखि थप दुई विषयको अध्यापन हुने भएको हो । 

सुदूरपश्चिम विश्व विद्यालय अन्तरगत सञ्चालित मेडिकल कलेजमा उक्त बिषयमा विद्यार्थीहरु भर्नाकालागि सुचना जारी गरेको डिन हेमनाथ जोशीले वताए ।कार्तिक १४ गते सम्म बिएस्सी नर्सिङका लागि २० जना र ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र पव्लीक हेल्थका लागि १०÷१० जनाको सिट आयोगले निर्धारण गरेको डिन जोशीले वताए ।

तर एमबीबीएस अध्यापनकालागि भने डडेल्धुरा अस्पताल तीन सय शैय्यामा स्तरोन्नती भएको तीन वर्ष पछि मात्र अध्ययन अनुमती पाईने हुँदा हाल डडेल्धुरा अस्पताल एक सय शैय्यामा मात्र सञ्चालित छ ।



२०८१ कात्तिक १० १३:४६ बजे

प्रतिक्रिया