माओबारे टिप्पणी गरेपछि एम्बाप्पेले मागे माफी

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १२ १६:१५ बजे

काठमाडौं । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओत्से तुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् । रियल मड्रिडका फरवार्ड एम्बाप्पेले फ्रान्सेली टक शो ‘द ब्रिज’ मा कुराकानी गर्ने क्रममा आफूलाई सबैभन्दा हँसाउने इन्टरनेट मिमबारे चर्चा गरेका थिए ।

त्यस क्रममा उनले एउटा भिडियोलाई ‘चिनियाँ तानाशाह’सँग जोड्दै हाँसेको दृश्य सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको हो । मिममा माओजस्तो देखिने तस्बिरमा एम्बाप्पेको अनुहार जोडिएको थियो । फुटबलमा एम्बाप्पेको ठूलो प्रभावलाई व्यङ्ग्य गर्दै उनलाई ‘तानाशाह’ भन्ने गरिएको प्रसंगसँग मिम जोडिएको बताइएको छ ।

‘मेरो टिप्पणी उचित थिएन । त्यसले चीनका धेरै मानिस र विश्वभर रहेका चिनियाँ समुदायलाई चोट पु¥याएको मैले अहिले बुझेको छु,’ एम्बाप्पेले वक्तव्यमार्फत भनेका छन्, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु ।’

उनको टिप्पणीप्रति चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसायिक साझेदारीसमेत अन्त्य गरेका छन् । स्पेनिस ला लिगाले पनि चिनियाँ समर्थकमा एम्बाप्पेको टिप्पणीले पु¥याएको चोटप्रति दुःख व्यक्त गर्दै माफी मागेको छ ।


२०८३ कात्तिक १२ १६:१५ बजे

प्रतिक्रिया