धनगढी । बझाङमा पुलबाट सेती नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो सेती नदीमा हाम फालेकी अन्दाजी २५्\२६ वर्षीय महिलाको मृत्यु भएको हो ।
चैनपुरमा रहेको बाहुलीगाड पक्की पुलबाट हाम फालेकी ती महिलाको तत्काल उद्दार गरिएको भएतापनि अस्पताल ल्याउँने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया