रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्ने अनुमति

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक ५ ०७:३३ बजे
रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले हिजो अनुमति दिएको छ। 

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश दिएको हो । शुक्रवार सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज आइतबार म्याद थपका लागि अदालत लगिएको थियो ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता डा.नारायणदत्त कँडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गरेका थिए ।लामिछानेलाई शुक्रवारबाट गणना हुने गरी पहिलो पटक ५ दिन हिरासतमा राख्न अनुमति मागिएको थियो 


२०८१ कात्तिक ५ ०७:३३ बजे

प्रतिक्रिया