नेपाललाई दोस्रो सफलता, अमेरिकाका दुवै ओपनर पेभिलियन फर्किए

bimbonline बिम्ब अनलाइन
२०८१ कात्तिक २ ०९:०५ बजे

काठमाडौं। आजदेखि सुरु भएको नेपाल र अमेरिकाबीचको खेलमा नेपाललाई लगातार दोस्रो सफलता मिलेको छ। अमेरिकाका दुवै ओपनर पेभिलियन फर्किएका छन्। 

पहिलो सफलता करण केसीले दिलाएका थिए। उनले अमेरिकाका ओपनर  साइतेजा मुक्कमल्लालाई कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए। दोस्रो विकेटका रुपमा अमेरिकी कप्तान तथा अर्का ओपनर मोनाङ्क पटेललाई रिजन ढकालले बोल्ड आउट गरे। 

यतिबेला तीन ओभरको समाप्तिमा अमेरिकाले दुई विकेट गुमाएर १० रन बनाउँदै खेलिरहेको छ। यसअघि पहिला टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। 


२०८१ कात्तिक २ ०९:०५ बजे

प्रतिक्रिया