क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुरा ध्दारा स्वास्थ्य लाभको कामना

घाइते लिलवहादुर मल्ल र पदमवहादुर देउवाको यथाशिध्र स्वास्थ्य लाभको कामना व्यक्त

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २१ १९:२८ बजे
घाइते लिलवहादुर मल्ल

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराका इञ्चार्ज लालवहादुर मडैले आज एक वक्तव्य जारी गरी डडेल्धुराको एकता सम्मेलन वाट नवनिर्वाचित जिल्ला समिति सदस्य लिलवहादुर मल्ल सुरत र उहाँका साथी पदमवहादुर देउवा हिजो  दुर्घटनामा परि घाइते भएकोमा दुवै जनाको यथाशिध्र स्वास्थ्यलाभको कामना गरेका छ।

हिजो लिलवहादुर मल्लको मोटर साइकल वाट डडेल्धुराको साहुखर्क देखि समरमुकाम डडेल्धुरा आइरहेको अवस्थामा भिमदत्त राजमार्गको स्याउले सडकखण्डमा वझाङवाट धनगढी तर्फ गइरहेको एवम विपरित दिशा वाट आइरहेको सुदूरपश्चिम यातायात प्रा.लि.को सु.प्र.प. ३६४६ न.को वसले अर्को गाडीलाई ओभरट्याक गर्नेक्रममा मोटरसाइकल सवार लिलवहादुर मल्ल र पदमवहादुर देउवा सवार मोटर साइकल दुर्घटनामा पर्दा दुवै जनाको  एक एक खुट्टा भाच्चिएको घटना प्रति डडेल्धुरा पार्टीको गम्भिर ध्यान आकृष्ट भएको वताएका छन।

वक्तव्यमा भनिएको छ- घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार हुन नसकि उहाँहरुको मायाँ मेटो अस्पताल धनगढीमा उपचार भइरहेको छ। वस चालक जिल्ला प्रहरी कार्यालय डडेल्धुराको नियत्रणमा रहेको छन। घाइते दुवै जनाको यथाशिध्र स्वास्थ्य लाभको कामना गर्दै लापरवाहिपुर्ण तरिकाले वस चलाउने चालक लाई कडा  भन्दा कडा कावाहिको होस  सडक प्रयोगकर्ताको सुरक्षाको पुर्ण ग्यारेण्टि गर्न सरकार सँग माग गरेको वक्तव्यमा उल्लेख गरेका छन।

२०८१ असोज २१ १९:२८ बजे

प्रतिक्रिया