प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

bimbonline बिम्ब अनलाइन
२०८१ असोज २० १४:३१ बजे
नवनियुक्त प्रधानन्यायधिश प्रकाशमानसिह राउत

काठमाण्डौ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

यसअघि असोज १६ गते संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। यस्तै, सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिएको हो ।

२०८१ असोज २० १४:३१ बजे

प्रतिक्रिया