न्यूयोर्क भ्रमणमा मोदीसँग साइनो गाँस्दै ओली

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ६ १०:५० बजे

काठमाडौं । संयुक्त राष्ट्र संघीय महासभाको ७९ औं महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच साइड लाइन वार्ताका लागि नेपालले निकै प्रयास गरिरहेको छ । 

नेपालले गरेको यो प्रयासलाई अन्तर्राष्ट्रिय कुटनीतिका जानकारवालाहरुले भने अस्वभाविक भएको टिप्पणी गरेका छन् ।  नेपालले असंलग्न परराष्ट्र नीति अंगिकार गरेको भनिए पनि अरु छिमेकी राष्ट्रसंग भन्दा भारतसंग बढी नजिक छ ।

संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क पुगिसकेका छन् । प्रधानमन्त्री न्यूयोर्कका लागि उड्नु भन्दा अगाडि पनि नेपाल र भारतीय प्रधानमन्त्री बिच महासभामा साइडलाइन वार्ता हुन्छ कि हुदैन अन्यौल थियो । तर अहिले ओली र मोदी विच साइडलाइन वार्ता हुने निश्चित भएको छ । तर ओली र मोदी विच साइड लाइन वार्ताका लागि नेपालले गरेको प्रयासलाई अन्तराष्ट्रिय कुटनीतिका जानाकारवालाहरुले भने अस्वभाविक रहेको टिप्पणी गर्छन् । 

प्रधानमन्त्रीको मोदि संग साइड लाईन वार्ताका लागि जति चासो नेपालले दिएको छ, त्यतिनै छिमेकि मुलुक चीनसहितका सार्क राष्ट्रहरु संगपनि हुनु आवश्यक छ । तर नेपालले भने तुलनात्मक रुपमा त्यति चासो नदिएको अन्तर्राष्ट्रिय कुटनीतिका जानकारहरु बताउँछन् । संविधान जारी भएपछि नेपालमा लगाइएको नाकाबन्दी र नेपालले चुच्चे नक्सा पास गर्दा प्रधानमन्त्री रहेका ओलीलाई भारतमा कतिपयले चीन पक्षधरका नेता भन्दै प्रस्तुत गरेका थिए । तर अहिले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेपछि पश्चिमा शक्ति राष्ट्रहरुको डिजाइनमा नेपालमा सरकार बनेको बुझाइ भारतमा छ  

त्यहि कारण भारतले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई औपचारीक रुपमा भ्रमणको निम्तो समेत दिएको छैन । तर प्रधानमन्त्री बनेदेखि नै ओली भारतलाई रिझाउन लागि परेको देखिन्छ । उनले परराष्ट्रमन्त्री आरजु राणालाई भारत पठाएर मोदीलाई नेपाल भ्रमणको निम्तो पठाईसकेका छन् । भने संयुक्त राष्ट्रसंघीय महासभा पनि नेपालले ओली–मोदी साइडलाइन वार्तालाई बटम लाइन नै बनाएको देखिन्छ । महासभामा भारतसंग मात्रै नभै छिमेकी मुलुक चीन सहितका सार्क राष्ट्र संग मित्रतापूर्ण ब्यवहार र सन्देश संयुक्त संघमा दिने एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ बताउँछन् । 

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले नेपालले अंगिकार गरेको असंलग्न परराष्ट्र नीति अनुरुप नै जुन राष्ट्रसँग तत्काल महत्वपूर्ण कुरा गर्नुपर्ने छ त्यहि राष्ट्रसंग, सम्बन्ध सुधार र विस्तार गर्नुपर्ने राष्ट्र«संग तथा सार्क राष्ट्रहरुसंग साइडलाइन वार्ता गर्नु पर्छ, न कि अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल हुनेगरी कुनै पनि कार्य गर्नु हुँदैन ।



२०८१ असोज ६ १०:५० बजे

प्रतिक्रिया