खैरो हेरोइनसहित दुई जना युवती पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ३ १९:२३ बजे

काठमाडौँ। लागुऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना युवती पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-८ स्थित धनगढी गाउँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीया राममती राना र २२ वर्षीया करिना राना छन्।

आरोपीहरूको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२०८१ असोज ३ १९:२३ बजे

प्रतिक्रिया