भारतीय धनाढ्य अडाणीले एनडीटीभीका शेयर किन्ने

भारतीय धनाढ्य अडाणीले एनडीटीभीका शेयर किन्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १४:०४ बजे
एनडीटीभी

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यापारी गौतम अडाणीले न्युज च्यानल एनडीटीभीको २९.१८ प्रतिशत शेयर किन्ने भएका छन् । अडाणी ग्रुपले मंगलवार एनडीटीभीको   शेयर किन्ने घोषणा गरेका हुन् । 

एनडीटीभीका संस्थापक प्रणय र राधिका रोयले सन् २००९ मा लगभग ४०० करोड भारु ऋण लिएका थिए । त्यही ऋणका कारण अडाणी ग्रुपले यस मिडिया हाउसको लगभग ३० प्रतिशत शेयर पाएको हो । 

अडाणी ग्रुपले थप २६ प्रतिशत हिस्साका लागि २९४ भारु प्रति शेयरको हिसाबले ४९३ करोड भारुको प्रस्ताव पनि गरेको छ । त्यसो भएमा कम्पनीमा उसको हिस्सा ५५ प्रतिशत हुनेछ । 

ग्रुपले यस डीलको जानकारी स्टक एक्सचेन्जलाई दिएको छ । अडाणी प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीसँग निकट रहेको विश्वास गरिन्छ । उता एनडीटीभी मोदी र भाजपाको विरोधी च्यानल हो । अडाणीले एनडीटीभी किनेपछि अब त्यसमा मोदीसमर्थक आवाज सुनिन थाल्ने बताइएको छ । सामाजिक सञ्जालमा एनडीटीभीलाई नरेन्द्र दामोदरदास टीभी भनी मजाक उडाउन समेत थालिएको छ ।  एजेन्सी

२०७९ भदौ ८ १४:०४ बजे

प्रतिक्रिया