क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एकता महाधिवेशनको प्रचार प्रसार देशव्यापि गर्ने

राष्टिय एकता महाधिवेशन भव्यरुपमा सफल पारौ। नयाँ जनवादीको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडी वढौ ।। भन्ने एकता महाधिवेशनको मुल नारा रहेको छ।

bimbonline बिम्ब अनलाइन
२०८१ असोज ३ ११:१२ बजे
महाधिवेशनको व्यानर


धनगढी।  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आगामी मसिर १३ गते देखि काठमाण्डौमा  हुन गइरहेको एकता महाधिवेशनको तयारी तथा प्रचार प्रसार देशव्यापि गरेर जाने केन्द्रिय प्रचार विभाग प्रमुख राम सिह श्रीसले वताएका छन।

उहाँले भन्नु भयो-  एकता महाधिवेशनको प्रचार प्रसारका लागी अन्तरदेशिय नाका र काठमाण्डौका मुख्य नाकाहरुमा होल्डिङ\फल्यास वोर्ड राखिने छन। काँकर भित्ता जोगवनी विरगञ्ज तातोपानी रसुवा,सुनौली कृष्णनगर रुपडिया गौरीफण्टा गड्डाचौकी कोरला मुस्ताङका अन्तराष्टिय सवै  नाकाहरुमा होल्डिङ\फल्यास वोर्ड राखिने छन। काठमाण्डौ प्रवेश नाकाहरु नागढूङ्गा,टोखा,कुलेखानी क्राभ्रेसाँगाचोक स्वागत व्यानर गेटहरु निर्माण गरिने प्रचार विभाग प्रमख श्रीसले विम्व अनलाइन लाई वताएका छन।

एकता महाधिवेशनको मुल नारा-राष्टिय एकता महाधिवेशन भव्यरुपमा सफल पारौ। नयाँ जनवादीको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडी वढौ ।। भन्ने रहेको वताइन्छ ।महाधिवेशनको प्रचार प्रसारका लागी वालपेण्टिङ, जिङ्गल वजाउने,सामाजिक सञ्जाल फेसवुक,युट्वव मोवाइल रिङट्वान, विज्ञापन ,पत्रपत्रिका टिभि रेडियोमा प्रचार प्रसार गरिने वताएका छन। यसै आधारमा जिल्ला तथा स्थानिय समितिहरुले पनि व्यापक प्रचार प्रसार गर्नुपर्ने छ।




२०८१ असोज ३ ११:१२ बजे

प्रतिक्रिया