तिज र दर

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८१ भदौ २१ १५:०५ बजे
नरेन्द्र देवकोटा प्रशान्त
महान पर्व हरीतालिका घरैमा आइसक्यो
गहना कपडाले बजार गुल्जार बनिसक्यो
साडी ब्लाउज गहनाले सजिएका चेलीले
छमछम नाची रमाइलो आँगन बनिसक्यो ।

हुँदैछन् संस्कृति संरक्षण ती रितिरिवाजहरु 
पस्किदैछन् चेली गीतले भोगेका अनुभवहरु
घिन्ताङ्ग मादलको तालमा लोकभाका गाएर
बारुल्ले कम्मर भाँचेर नाच्दैछन् तिँ नारीहरु ।

थरीथरीका रंगीन साडी र ब्लाउज लगाएर
घाँटीमा तिलहरी कानमा झुम्काले सजिएर
भागेर माइती नआउनु मुख नलाग्नु कसैको
भन्ने शन्देशका गित गाउँदै नाच्दछन् खुलेर ।

दाजु भाई दिदी बहिनी लिन पराइ घर जाने
दिदीबहीनी माइती-साथ जन्म घरमा आउने
तिजको अघि चेलीलाई मिठोमसिनो खुवाउने 
यहि चलन हो तिजको सुखदुख भजनमा गाउने ।

घट्दैछन् आजभोली मौलिक गित भाकाहरु
बढ्दैछन् पश्चिमाका खाना लुगा र संस्कृतिहरु
छक्क पर्छु आजभोली हुने खर्च देखी तिजका
नक्कल भन्दा आफ्नै जोगाउँ चलन र रितीहरु ।
२०८१/५/२१ तिज, हरीतालिका ।


२०८१ भदौ २१ १५:०५ बजे

प्रतिक्रिया