मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ २० ०८:५० बजे

मुगु । बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् । पछिल्लो समयमा सडक सन्जालको पहुँच पुग्दा माग बढ्दै जान थालेको छ । माग बढ्दै जान थालेपछि रैथाने स्याउको सट्टामा इटालिएन  फुजी स्याउ उत्पादन बढाएका छन् । 

मुगु प्रशस्त स्याउ उत्पादन हुने जिल्ला हो । तर सडक सञ्जालसमेत नजोडिदा यहाँ उत्पादित स्याउ खेर गइरहेको थियो । पछिल्लो समय सडक सञ्जालको पहुँच पुगेपछि स्याउले बजार पाउन थालेका छन् । त्यसैले यहाँका किसानहरु रैथाने स्याउ हटाएर इटालिएन लागा फुजी स्याउ उत्पादन थालेका छन् । यो स्याउको माग अत्याधिक बढेपछि किसानहरु हषित भएका हुन् । 

विरुवा तयारीका लागि प्रधानमन्त्री कृषि आधुनिकरण लगायतका विभिन्न परियोजनाले किसानलाई अनुदान सहयोग पनि उपलब्ध गराएका छन् । रैथाने भन्दा इटालियन स्याउको तेब्बर मूल्य पाउने गरेका छन् । स्याउ खरिद गर्न ब्यापारीहरु घरमै आउन थालेका छन् । तर दशैंतिहारको समयमा मूल्य बढी पर्ने भएकाले ब्यवसायिक किसानहरु यस्ता स्याउहरु स्टोर गरेर राखिरहेका छन् । यस्ता स्याउहरु छिटो उत्पादन हुने तथा बगैंचामा अन्य तरकारी खेती पनि गर्न सकिने किसानहरु बताउँछन् । 

मुगुमा फुजि स्वाउ उत्पादनका लागि हावापानी पनि राम्रो छ । प्रधानमन्त्री कृषि परियोजनाले २ वर्षअघि दुई वटा कृषि फार्मलाई इटालियन फुजी स्याउको विरुवा उपलब्ध गराएको थियो ।  पछिल्लो बर्षहरुमो किसानहरुबाट यसको माग बढेकाले यो वर्ष २ हजार विरुवा वितरण गर्ने कार्यक्रम रहको परियोजनाले जनाएको छ । 

मुगु लगायत अन्य जिल्लामा पनि सडक सन्जाल जोडिदै गएकाले स्याउ खेत ीगर्ने किसानको संख्या बढ्दै गएको छ । स्याउ उत्पादनमा किसानको आकर्षण बढाई उत्पादन वृद्धिका लागि तीनै तहको सरकारले विशेष ध्यान दिन सकेमा जिल्लालाई स्याउ उत्पादनको पकेट क्षेत्रकै रुपमा विस्तार गर्न सकिन्छ । 



२०८१ भदौ २० ०८:५० बजे

प्रतिक्रिया