बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन भारतको वँगालमा वन्दै

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ १९ १०:३३ बजे

भारतको पश्चिम बंगाल राज्य सरकारले बलात्कारीलाई मृत्युदण्ड दिन सकिने कानुन तर्जुमा गरेको छ । राज्य विधानसभाबाट पारित उक्त कानुन अनुमोदन हुन बाँकी छ । 

हालै एक महिला चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित चर्केको विरोध प्रदर्शनपछि राज्य उक्त कानुन तर्जुमा गर्न बाध्य भएको छ ।उक्त कानुन लागू भएपछि बलात्कारीलाई अवस्था हेरेर १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोक्न सकिने छ । यसअघि सन् २०१२ मा राजधानी दिल्लीमा बसमा सवार एक युवतीमाथि सामूहिक बलात्कार र हत्या भएको थियो ।


२०८१ भदौ १९ १०:३३ बजे

प्रतिक्रिया