महिला संगठन विच अर्घाखाँची एकता भेला सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ १८ २०:२६ बजे

सन्धिखर्क।  अखिल नेपाल महिला संघ र क्रान्तीकारी महिला संगठन अर्धखाची बिच एकता भेला आज सम्पन्न भइ क्रान्तीकारी महिला संघ अर्धखाची बनेको छ।

एकता भेला लाइ क्रान्तीकारी महिला संघकी केन्द्रीय सदस्य सिता भट्टराइ प्रमुख अथिती रहनु भएको थियो। प्रमुख अथिती सिता भट्टराइले आधा धर्ती आधा आकास ढाक्ने महिलाहरु लाइ यो दलाल ब्याबस्थाले दासिको रुपमा प्रयोग गरेको बताउदै यो ब्यवस्थाको अन्त गरी समता मुलक समाजको निर्माण गर्न सम्पुर्ण उत्पिडित महिलाहरुलाइ एक जुट भएर संगठित हुन आब्हान गर्नु भएको छ।

अथितीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य छ न. ब्युरो सह संयोजक कृष्ण केसी ,केन्द्रीय सचिवालय सदस्य गुल्मी इन्चार्ज नरेन्द्र थापा,जिल्ला संयोजक राजेन्द्र नेपाली,सह संयोजक तकमान राउत,नरीश्वर पान्डेले सम्बोधन गर्नु भएको थियो ।क्रान्तीकारी मजदुर संघ अर्धखाचीका संयोजक हिम्मत बि क,क्रान्तीकारी किसान महासंघका ज्ञान प्रसाद भुसाल , अखिल नेपाल शिक्षक सँघका केन्द्रिय उपाध्यक्ष दल बहादुर खत्री,क्रान्तीकारी  युबक सघका कमल वि क, क्रान्तीकारी कम्युनिस्ट पार्टी नेपाल पाँच न.ब्युरो सदस्य मालारानी, इन्चार्ज अशोक थापा,सन्धिखर्क संयोजक खेमराज भट्टराइको आथित्यता रहेको थियो ।

भेलाले माया नेपाली संयोजक र सिता भट्टराइ सह संयोजक रहेको एकतिस सदस्यीए जिल्ला संगठन समिति गठन गरेको छ। एकता भेला मजन्ता नेपालीको अध्यछ्यतामा माया नेपालीको सन्चालन र मिना केसीले स्वागत मन्तव्य राख्नु भयको थियो  शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।



२०८१ भदौ १८ २०:२६ बजे

प्रतिक्रिया