शहिद शोभाखर धनन्जय (सरोज शर्मा) को ३८औ स्मृति दिवश सन्धिखर्कमा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ ११ १९:१० बजे

सन्धिखर्क। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाचीको आयोजनामा शहिद शोभाखर धनन्जय (सरोज शर्मा)को ३८औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजेन्द्र नेपालीको अध्यक्षतामा,  कमल भुसालको सन्चालन,कमल बि. क .को स्वागत मन्तव्य  राख्नु भएको थियो।शहिद शोभाखर धनन्जयको तश्वीरमा उपस्थित प्रमुख अथिति, अथिति लगायत सबैले माल्यार्पण गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ५ न. प्रदेस ब्युरोका सह संयोजक कृष्ण केसीले मन्तव्य राख्दै शहिदहरुको सपना पुरा गर्न सच्चा क्रान्तीकारी कम्युनिस्ट देशभक्तले मात्र गर्न सक्ने बताउदै दलाल संसदीय व्यवस्थामा दलालहरुको बिगबिगी रहेको अवस्थामा देशमा आमुल परिवर्तन गरी नयाँ जनवादी व्यवस्थाको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न  आम सर्वसाधारण,देशभक्त सबैलाइ एकजुट हुन आव्हान गर्नुभयो।

कार्यक्रमा  शहिद शोभाखर धनन्जयका भाई गिरि प्रशाद भुसाल,छोरी इन्दीरा भुसाल ,शहिद टंक भुसालकी जिवनसगिंनी सरस्वता भुसाल,क्रान्तिकारी टे्ड युनियन महासंघ जिल्ला संयोजक हिम्मत बिक,अखिल नेपाल युवक संघ जिल्ला सचिब तारा नेपाली, क्रान्तिकारी महिला संघ के. स. माया नेपाली,अ. ने. महिला संघ के. स. मिना केसी,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सन्धिखर्क  संयोजक खेमराज भट्टराईको आथित्यतामा सम्पन्न भएको राजेन्द्र नेपालीले वताएका छन।


२०८१ भदौ ११ १९:१० बजे

प्रतिक्रिया