सुदूरपश्चिममा गौराको रौनक आज गौरा नचाइदै

bimbonline बिम्ब अनलाइन
२०८१ भदौ १० ०९:३७ बजे

धनगढी। सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका एव गौरा नचाउदै खुशिका साथ  मनाइँदैछ।

दार्चुला, बैतडी, डडेल्धुरा वझाङ  अछाम वाजुरा सहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्।गौरा नचाउदै गाउने वजाउने देउडा खेल्ने गरेका छन। उमेर समुह अनुसार देउडा वा अन्य खेलहरु अलग अलग खेल्ने गरेको पाइन्छ।

सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ। गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारत लगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराज भएका छन्।



२०८१ भदौ १० ०९:३७ बजे

प्रतिक्रिया