आइ एम ई लाइफ इन्स्योरेन्स शाखा डडेल्धुराको बीमा सचेतता कार्यक्रम सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ साउन २९ ०६:१३ बजे

डडेल्धुरा। हिजो आइ एम ई लाइफ इन्स्योरेन्स शाखा डडेल्धुराले आफ्नो ७औं  स्थापना दिवसको अवसर पारेर बीमा र बित्तीय सचेतना कार्यक्रम भीमदत्त बहुमुखी क्याम्पस अमरगढी ५ मा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा क्याम्पसमा स्नातक तहका ब्यवस्थापक अध्ययन गर्ने करिब १०० जना विद्यार्थीको उपस्थिति रहेको थियो। कार्यक्रममा आइ एम ई लाइफ इन्स्योरेन्स शाखा डडेल्धुराका BSA दीपक राज पन्त, एजेन्सी मेनेजर तारा प्रसाद धिक्त र क्षेत्रीय शाखा प्रबन्धक हुकुम बहादुर डाँगी को उपस्थिति रहेको थियो।

कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक हुकुम बहादुर डाँगीले बीमा किन, के का लागि र बीमाबाट हामीलाइ पुग्ने सहयोगको बिषयमा प्रशिक्षित गर्नु भएको थियो। बिद्यार्थीहरुमा पनि पाठ्यक्रम संम्वन्धि बिषय भएकाले एकदमै प्रभावकारी ढंगको सहभागिता रहेको कुरा आइ एम ई लाइफ इन्स्योरेन्स डडेल्धुरा शाखा का एजेन्सी मेनेजर तारा प्रसाद धिक्तले बताउनु भयो।जीवन जिउने क्रममा हामीलाई दैवी प्रकोप, बाढीपहिरो, अकाल मृत्यु जस्ता बिपद जोखिम ब्यबस्थापन गर्नमा अहम भुमिका जीवन बीमाको रहेको कुरा पनि क्षेत्रीय शाखा प्रबन्धक डाँगीले बताउनु भएको थियो।


२०८१ साउन २९ ०६:१३ बजे

प्रतिक्रिया